हलमा ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’

756 shares

काठमडौँ । लामो समयपछि हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । पछिल्लो समय बलिउड र हलिउड फिल्मको दबदबा रहेको नेपाली हलहरुमा नेपाली फिल्म लागेका छन् ।

दिपक श्रेष्ठको निर्देशनमा बनेको फिल्म पर्खी बसेँ तिमीलाईमा धनी र गरिबबिचको प्रेमकथा देखाइएको छ । फिल्मबाट नयाँ कलाकारहरुले डेब्यु गर्दैछन् । फिल्मबाट किरण श्रेष्ठ, रक्षा बुढाथोकि, अनिशा रसाइलीले डेब्यु गर्दैछन् ।

त्यस्तै, घनश्याम लामिछानेको निर्देशनमा बनेको चित्रामा बाबु छोरीको प्रेम देखाइएको छ । फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।

 

756 shares