६ जना कुखुरा चोर पक्राउ

777 shares

काठमाडौँ । प्रहरीले ६ जना चोरलाई पक्राउ गरेको छ । प्रहरीले कुखुरा फर्मबाट बोइलर कुखुरा र मसला चोरी गर्ने ६ जनालाई बैतडीबाट पक्राउ गरेको हो ।

चोरले फर्मबाट २ वटा बोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिँया चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो ।

777 shares