विनोद राई बने ‘भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता

1.83K shares

काठमाडौँ । नेपालको चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राई बनेका छन् । शुक्रबार भएको फिनालेमा उनले ३ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् ।

विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए । उनले नगद २० लाख रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए भने टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ। यसअगाडि पहिलो सिजनको उपाधि सिडी विजय
अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बू, तेस्रो संस्करणको उपाधि किरण गजमेर र चौथो संस्करणको उपाधि करण राईले जितेका थिए।

1.83K shares