नयाँ टेलिसिरियल ‘डिङनो’ प्रशारण हुने

12.38K shares

काठमाडौँ । पछिल्लो समय टेलिसिरियल निर्माण हुने क्रम बढिरहेको छ । डिजिटल प्लेटफर्मको विकाससँगै नयाँ नयाँ कथाबस्तुमा टेलिसिरियल निर्माण तथा प्रशारण हुने क्रम जारी छ ।

यस्तैमा सामाजिक कथाबस्तुमा बनेको नयाँ टेलिसिरियल डिङनो जीवनको साहारा पनि थपिएको छ । एडि रिलिज र क्रियटिभ युथ प्रडक्सनले निर्माण गरेको सिरियल हिमालयन टिभि मार्फत प्रसारणमा आउने भएको छ ।

सिरियलको निर्माण टिमले आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिरियलको शिर्ष गीत सार्वजनिक गरेको छ । सिरियल माघ १५ गतेदेखि हरेक सोमबार राति ८ बजे हिमालयन टिभिमा र ८ः३० बजेदेखि युट्युव च्यानल इएच डिजिटलबाट प्रशारण हुनेछ ।

विष्णु बुढाथोकीले निर्देशन गरेको सिरियलमा कुलदिप अधिकारी, जेबी डिसि, रोशनी कार्की, पुर्ण गन्धर्व, सरिता कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।

 

12.38K shares