‘एक्टर’बाट कमब्याक गर्दै राजबल्लभ

वि.सं.२०८० माघ ५ शुक्रवार १३:१८
980
shares

काठमाडौँ । अभिनेता राजबल्लभ कोइरालाको कमब्याक पक्का भएको छ । केहि समयदेखि उनि नेपाली फिल्ममा कमब्याक गर्ने कोशिषमा थिए । शुक्रबार चलचित्र ‘एक्टर’को क्यारेक्टर लुक्स सार्वजनिक गर्दै कोइरालाले कमब्याकको जानकारी दिएका हुन् ।
चलचित्र ‘पर्खि बसेँ’बाट नेपाली चलचित्रमा डेब्यु गरेका कोइरालाले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गरेका छन् । पछिल्लो समय अमेरिकामा बस्न थालेपछि उनको अभिनय यात्रा रोकिएको थियो । अब भने दर्शकले उनलाई ‘एक्टर’मा देख्न पाउने भएका छन् ।
राजन भुसालको निर्देशनमा बन्ने चलचित्रमा प्रदीप खड्का र आना शर्मा यसअगाडि नै अनुबन्धित भइसकेका छन् । फिल्मका निर्माता थमन कुमार भण्डारी रहेका छन् । फिल्मलाई २०२५ मा प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।
‘

वि.सं.२०८० माघ ५ शुक्रवार १३:१८
980
shares