रश्मिका मण्दनाको डिपफेक भिडियो बनाउने समातिए

1.09K shares

काठमाडौँ । बलिउड अभिनेत्री रश्मिका मण्दनाको डिपफेक भिडियो बनाउने व्यक्ति पक्राउ परेका छन् । सो मामिलामा प्रहरीले २४ वर्षिय एक युवकलाई पक्राउ गरेको हो ।

केहि महिना अगाडि रश्मिकाको डिपफेक भिडियो भाइरल भएको थियो । रश्मिका पछि अन्य बलिउड सेलिब्रेटिहरुको पनि डिपफेक भिडियोहरु आउने क्रम जारी रह्यो । पछिल्लो समय सेलिब्रेटिहरुलाई डिपफेकले तनाव दिइरहेको छ ।

धमाधम सेलिब्रेटिहरुको डिपफेक भिडियो भाइरल भएपछि प्रहरीले काम सुरु गरेको थियो । यस्तैमा प्रहरीले आरोपीलाई आन्द्र प्रदेशबाट पक्राउ गरेको छ ।

 

1.09K shares