सगरमाथालाई भारतको भनेर प्रचार गरेपछि विवादमा तानीयो भारतीय टेलिसिरियल

742 shares

काठमाडौँ। एक भारतीय टेलिसिरियलमा नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार गरिएको छ। भारतीय टेलिभिजन जी टीभीमा प्रसारण हुने ‘कैसे मुझे तुम मिल गए’ नामको टेलिसिरियलमा सगरमाथालाई भारतको भनेर भ्रम छरिएको हो।

सिरियलको नयाँ एपिसोडमा एक महिलाले युवकलाई सामान्य ज्ञानको प्रश्न सोधेकी छन्, ‘भारतको सबैभन्दा अग्लो पहाडको नाम के हो ?’जवाफमा ती युवकले भनेका छन्, ‘माउन्ट एभरेस्ट (सगरमाथा)।’जसलाई सही उत्तर मानेर सिरियलमा सहभागीहरूले ताली बजाउँछन् ।

भारतिय सिरियल फिल्ममा यस प्रकारका भ्रमित गर्ने, तथ्यहरुलाई तोडमोड गर्ने काम पहिलो पटक भएको भने हैन । यस प्रकारका सिनहरु बेलाबेलामा सबै प्रकारका भारतिय सिरियल, सिरिजमा हेर्न पाइन्छ । तर यो तर्फ नेपाली सरोकारवालको ध्यान भने जान सकेको छैन ।

742 shares