हत्या अभियोगमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी

1.31K shares

काठमाडौँ । जिल्ला अदालत सुर्खेतले हत्या अभियोगमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ । अदालतले शुक्रबार १५ वर्षअघि कालीकोटका १७ वर्षीय राजबहादुर मल्लका हत्यामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

सुर्खेतको जनमाविमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

1.31K shares