काठमाडौँ मलका व्यवसायीमाथि महानगर प्रहरीको हातपात

497 shares

काठमाडौं। काठमाडौँ मलका व्यवसायीमाथि काठमाडौँ महानगरपालिका प्रहरीले हातपात गरेको आरोप लागेको छ । महानगर प्रहरीले हातपात गरेको भन्दै सोमबार उनीहरुले काठमाडौँ महानगरपालिका अगाडि भेला भई प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले आफूहरु सञ्चय कोषको काठमाडौँ मलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए ।

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको बताए । उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरुमाथि धरपकड गरेको बताए ।

497 shares