यस वर्षको एसइईमा ३५ अंक अनिवार्य ल्याउनुपर्ने
वि.सं.२०८० माघ १० बुधवार ०५:५१
1.13K
shares
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ सिस्टम लागु गर्ने भएको छ । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको नतिजा सार्वजनिक गर्ने भएको हो ।
बोर्डले एसईई परीक्षा चैत्र १५ गतेदेखि २७ गतेसम्मलाई तोकेको छ । बोर्डका अनुसार यो वर्ष परीक्षा दिने परीक्षार्थीले प्रत्येक विषयको सैदान्तिकमा ३५ अंक ल्याउनुपर्नेछ । यदि परीक्षार्थीले ३५ भन्दा कम अंक ल्याए ननग्रेडेड आउनेछ र विद्यार्थी फेल ठहरिनेछन् । बोर्डले ननग्रेडेड ल्याउने विद्यार्थीले ३ पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।
यो वर्षको एसइई परीक्षामा नियमित र ग्रेडवृद्धितर्फ ४ लाख ८९ हजार विद्यार्थी सहभागी हुँदैछन् ।
वि.सं.२०८० माघ १० बुधवार ०५:५१
1.13K
shares