अब ‘कमेडी च्याम्पियन’मा श्रृंखलामाथि जोक गर्न नपाइने हो ?

1.18K shares

काठमाडौँ । हास्यव्यंग्यको रियालिटी शो कमेडी च्याम्पीयन सिजन ३ को घोषणा भएको छ । निर्माण टिमले तेस्रो सिजनलाई फागुनदेखि प्रशारणमा ल्याउने भएको छ ।

बुधबार शोको घोषणा कार्यक्रमको मुख्य विषय बनिन् श्रृंखला खतिवडा । कान्तिपुरका सम्भव सिरोहियासँग विवाह बन्धनमा बाँधिएकी श्रृंखलालाई लिएर पत्रकारले प्रश्नको वर्षा नै गरे ।

पत्रकारले श्रृंखलाको बारेमा जोक गर्दा कान्तिपुरले सेन्सर गर्ने गरेको पत्रकारले आरोप लगाए । श्रृंखलाको बारेमा कुरा उठ्यो कि सेन्सर लगाउने कान्तिपुरले अब कमेडी च्याम्पियनमा प्रतियोगिले व्यंग्य गर्दा सेन्सर लाग्छ कि लाग्दैन भन्ने प्रश्न पत्रकारले गरेका थिए । जवाफमा सेन्सरसिप हेर्न सुरज सिंह ठकुरीले कुनै पनि व्यक्तिको व्यक्तिगत जीवनमा प्रभाव पर्ने कुरामा सेन्सरसिप लाग्छ, आफ्नो पराई भन्ने हुँदैन भनेर जवाफ दिए ।

अघिल्ला सिजनहरुमा श्रृंखलामाथि गरिएका व्यंग्यहरु एकदमै हिट भएका थिए ।

1.18K shares