ऋतिक रोशनको ‘फाइटर’को ओपनिङ कति ?

518 shares

काठमाडौँ । बिहीबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म फाइटरको यतिबेला सर्वत्र चर्चा रहेको छ । ठुला स्टारको फिल्म प्रदर्शमा आउँदा पहिलो कुरा त बक्स अफिस कलेक्सनको नै हुने गर्दछ ।

यस्तोमा फिल्मले २४.६० भारुको ओपनिङ गरेको छ । मल्टिस्टारकास्ट फिल्मको यो लेभलको ओपनिङ औषत हो । त्यसमा पनि ऋतिक रोशन जस्तो सुपरस्टारको फिल्मको ओपनिङ एकदमै कमजोर हो ।

ट्रेड एनालिष्टहरुका अनुसार फिल्मले बिस्तारै पिकअप लिनेछ । फिल्मको मेकिङ र कन्टेन्टका कारण दोस्रो दिनदेखि फिल्मको कलेक्सनमा सुधार आउने बताएका छन् ।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक, दीपिका पादुकोण, अनिल कपुर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

518 shares