बिमानस्थलका अध्यागमन प्रमुख नै प्रहरीबाट कुटिए

686 shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख सहसचिव गोगनबहादुर हमालमाथि नै प्रहरीले हातपात गरेको छ ।

अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि बिमानस्थलमा कार्यरत पहरी सहायक निरीक्षक ९असई० ले मुक्का प्रहार गरेको बिषयमा महानिर्देशक हमालले प्रश्न उठाउँदा उल्टै आक्रमण भएको हो । स्रोतका अनुसार हमालमाथि पनि प्रहरीले मुक्का प्रहार गरेको छ ।

विमानस्थलमा कार्यरत प्रहरीले हमालसहित बिमानस्थल अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको स्रोतले जनाएको छ । भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ ।

प्रहरीले अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको आरोप लगाएको छ भने अध्यागमन कर्मचारीहरुले हरेक तस्करीमा प्रहरीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

686 shares