‘कंगुवा’मा बबी देओलको नयाँ लुक्स

686 shares

काठमाडौँ । बलिउड अभिनेता बबी देवल एनिमल प्रदर्शनपछि सर्वाधिक चर्चा भएका कलाकार हुन् । लामो समय लाइमलाइटबाट गुमनाम रहेका बबी, एनिमल रिलिजपछाडि सर्वत्र चर्चाको पात्र बने । फिल्ममा उनको चरित्रलाई सर्वाधिक रुचाइयो ।

यस्तैमा, बबी आज शनिबार आफ्नो ५५ औँ जन्मदिन मनाउँदै छन् । उनको जन्मदिनको अवसरमा उनको नयाँ फिल्म कंगुवाको फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । मेकरले पोष्टर सार्वजनिक गर्दै निर्दयी पात्रको रुपमा बबीको उधिरन पात्रलाई प्रस्तुत गरेका छन् ।

फिल्ममा सुरियाको प्रमुख भुमिका रहेको छ । विभिन्न ३८ वटा भाषामा प्रदर्शनको तयारी गरिएको फिल्ममा सुरिया, बबी, दिशा पटानी, जगपति बाबु लगायतका कलाकारको अभिनय रहेको छ ।

 

686 shares