‘दुखी : आत्मा’मा आँचलको इन्ट्रि, दयाहाङसँग रोमान्स गर्ने

1.91K shares

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘दुःखी आत्मा’मा आँचल शर्माको इन्ट्रि भएको छ । फिल्मको मुख्य नायिकामा आँचल अनुबन्धित भएकी हुन् ।

फिल्ममो मुख्य अभिनेतामा दयाहाङ राई अनुबन्धित भइसकेका छन् । आँचलको जोडि दयासँग हुनेछ ।

फिल्मको निर्माता हिमाल कडरिया रहेका छन् । निर्देशक लामा र कडरियाले यसअगाडि नांगो गाउँमा सहकार्य गरेका थिए । गत भदौमा रिलिज भएको फिल्म सुपरहिट भएको थियो ।

फिल्मको छायांकन चैत्रबाट सुरु हुने जनाइएको छ । फिल्मको अन्य कलाकारहरु छनौट चाँडै नै गरिने जनाइएको छ ।

 

1.91K shares