‘पुजार सार्की’को छायांकन सुरु

798 shares

काठमाडौँ । केहि समयदेखि चर्चामा रहेको दिनेश राउतको फिल्म पूजार सार्की आजबाट छायांकनमा गएको छ । कास्कीको कास्कीकोटबाट फिल्मको छायांकन सुरु भएको हो ।

फिल्ममा तीन चर्चित अभिनेताले एकसाथ काम गर्ने भनेपछि नै फिल्मको हाइप बढेको थियो । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहनेछ ।

आइतबार सार्वजनिक भएको फर्स्टलुक पोष्टरले पनि फिल्मको हाइप बढाएको थियो । फिल्मको सम्पुर्ण छायांकन कास्कीकोटमै हुने जनाइएको छ ।

सामाजिक कथाबस्तुमा बन्ने फिल्मलाई विकास सुवेदीले लेखेका छन् । फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

 

798 shares