हट एण्ड बोल्ड आँचल
वि.सं.२०८० माघ १७ बुधवार ०४:१४

काठमाडौँ । अभिनेत्री आँचल शर्मा कुनै न कुनै कुराले चर्चामा आइरहन्छिन् । कहिले फेसनको कुराले चर्चामा आउँछिन् भने कहिले अभिव्यक्तिको कुराले । पछिल्लो समय भने आँचल फिगरको कुराले चर्चामा रहेकी छिन् ।

७ वर्ष अभिनय करिअरमा आँचलको करिअर ग्राफ एकै किसिमको रहेको छ । उनका धेरै राम्रा फिल्महरु पनि छैनन् भने धेरै नराम्रा फिल्महरु पनि छैनन् । उनले काम पनि एकनासले पाइरहेकी छन् ।

आँचल फेरि एकपटक फेसनको कुराले चर्चामा आएकी छन् । मंगलबार उनले सार्वजनिक गरेको तस्बिरले फेरि उनलाई एकपटक चर्चामा ल्याएको छ । पछिल्ला समय सार्वजनिक उनका फोटोहरु हट एण्ड बोल्ड देख्न सकिन्छ । त्यस्तै, उनले आफ्नो फिगर पनि पहिला भन्दा मेन्टेन गरेको देख्न सकिन्छ ।

तस्बिर सार्वज्नि गदै उनले, ‘कम तनाव लिन र उत्कृष्ट आनन्द लिनुस्’ भनेर पोष्ट गरेकी छन् ।

वि.सं.२०८० माघ १७ बुधवार ०४:१४











