केपी ओली कप : युवा संघ र एन्फा पदाधिकारीबिच मैत्रीपूर्ण खेल सम्पन्न

वि.सं.२०८० माघ १९ शुक्रवार १३:१२

काठमाडौँ । राष्ट्रिय युवा संघले फागुनमा गर्न लागेको केपी ओली कपको तयारी स्वरुप मैत्रीपुर्ण खेलहरु गरिरहेको छ । शुक्रबार युवा संघले एन्फा पदाधिकारीसँग मैत्रीपुर्ण खेल खेलेको छ ।
युवा संघको टिमलाई अध्यक्ष क्षितिज थेवेले नेतृत्व गरेका थिए । एन्फा पदाधिकारीसँग भएको मैत्रीपुर्ण खेलमा युवा संघले ३–० को जित निकालेको छ । खेलको २२ औँ मिनेटमा गोल गर्दै अध्यक्ष थेवेले युवा संघलाई अग्रता दिलाएका थिए । त्यस्तै, मनिष सेडाँइले २ गोल गर्दै युवा संघको जित सुनिस्चित गरे ।
प्रतियोगिता आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म एन्फाको मैदानमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।
गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

वि.सं.२०८० माघ १९ शुक्रवार १३:१२