‘मनसरा’ को छायाङ्कन सकियो

वि.सं.२०८० माघ २८ आइतवार ०८:३१
959
shares

काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ को छायाङ्कन सकिएको छ । ३० दिनको छायाङ्कनमा फिल्म सकिएको हो ।
पुष २१ गतेबाट फ्लोरमा निस्किएको निर्माण टिमले १ महिनामा फिल्मको छायांकन सकाएकोल हो । फिल्मको छायाङ्कन ललितपुर, काठमाडौँ र पाँचथरमा भएको छ ।
फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरले पाँचथरमा अन्तिम दृश्यमा अभिनय गरेका थिए । फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका छन् ।
वैशाख २१ गते प्रदर्शन मिति तोकिएको फिल्ममा मिरुना र दयाहाङका अलावा प्रवीण खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८० माघ २८ आइतवार ०८:३१
959
shares