‘मासिन्या’ थप १० दिन मञ्चन हुने

5.91K shares

काठमाडौँ । दर्शकको माग बढेसँगै मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’को सो थप गरिएको छ । नाटकको १० दिन सो थप गरिएको हो ।

माघ २८ गतेसम्म मात्रै मञ्चन गरिने भनिएको नाटक अब भने फागुन १२ गतेसम्म मञ्चन हुने भएको छ । दर्शकको अत्याधिक चापका कारण सो थप्नु परेको जनाइएको छ ।

नाटक हेर्न राजनीतिकर्मीदेखि कलाकारहरुसम्म पुगेका थिए । तामाङ समुदायले भोगेको पिडाबारे निर्माण गरिएको नाटक हेर्न तामाङ समुदाय लगायत आम दर्शकको पनि उल्लेख्य सहभागिता रहेको छ ।

नाटकलाई राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले लेखेका हुन् । नाटकमा बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको छ । नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपालको अभिनय छ ।

5.91K shares