ब्रेकपछि काममा फर्किन् सामन्था

वि.सं.२०८० माघ २९ सोमवार ०७:५८
1.18K
shares

काठमाडौँ । साउथकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु काममा फर्किएकी छन् । वैवाहिक जीवनमा आएको उतारचढावका कारण सात महिनाको ब्रेकपछि सामन्था काममा फर्किएकी छन् ।
उनले आइतबार एक भिडियो पोष्ट गर्दै काममा फर्किएको बताएकी हुन् । उनले भनिन्, ‘हो, म काममा ढिलो भएँ, अन्ततः म धेरै दिनदेखि पूर्ण बेरोजगार थिएँ। अब म मेरो एक साथीसँग रमाइलो गर्न जाँदैछु। यो एक स्वास्थ्य पोडकास्ट हो, यो मलाई साँच्चै मनपर्ने कुरा हो। अर्को हप्ता रिलिज हुन लागेकोले म धेरै भावुक र उत्साहित छु । मलाई आशा छ कि तपाईं मध्ये केहि यसलाई धेरै उपयोगी पाउनुहुनेछ। मलाई यसमा काम गर्न निकै रमाइलो लागेको छ ।’
पछिल्लो पटक उनि विजय देवरकोण्डासँग खुशीमा काम गरेकि थिइन् ।

वि.सं.२०८० माघ २९ सोमवार ०७:५८
1.18K
shares