‘केपी ओली कप’को तयारी तिव्र, राजनीतिकर्मी र कलाकारबिच मैत्रीपूर्ण खेल सम्पन्न

1.32K shares

काठमडौँ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्न लागेको केपी ओली कप २०८० को तयारीलाई तिव्रता दिइएको छ । कपकै तयारी स्वरुप सोमबार राजनीतिकर्मी र कलाकारबिच मैत्रीपुर्ण खेल सम्पन्न भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल ३–३ को बराबरीमा सकिएको थियो । कलाकारको टिममा चर्चित राष्ट्रिय कलाकारहरु थिए भने राजनीतिकर्मीको टिममा विभिन्न राजनीतिक पार्टीका नेताहरु सहभागि भएका थिए । मैत्रीपुर्ण खेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्शकदिर्घामा बसेर अवलोकन गरेका थिए ।

प्रतियोगिता आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म एन्फाको मैदानमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।

गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

1.32K shares