दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

वि.सं.२०८० फागुन १ मंगलवार ०४:२६
1.02K
shares

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । प्रसाईंले काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, शाह भने यति बेला चितवनमा रहेका छन् । उनी कार्यक्रममा सहभागी नहुने बताइएको छ ।
अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट आम नागरिकहरू सहभागी हुने प्रसाईंले बताएका छन् । यसका लागि काठमाडौँका विभिन्न सात स्थानबाट र्याली गर्दै सभा स्थलमा भेला हुने तयारी छ ।

वि.सं.२०८० फागुन १ मंगलवार ०४:२६
1.02K
shares