सहकारीबाट ठगिएकाले न्याय पाउँछन् : प्रधानमन्त्री
वि.सं.२०८० फागुन १ मंगलवार ०६:५१
1.05K
shares
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो।
गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन निर्माण गरेको थियो। विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तर्क्रिया समेत गरेर प्रतिवेदन तयार पारेको रास्वपाले जनाएको छ।
प्रधानमन्त्रीसँग भेटमा रास्वपाको टोलीले सहकारीबाट लाखौं बचतकर्ताहरू ठगिएकाले सरकारले कदम चाल्न आग्रह गरे।
वि.सं.२०८० फागुन १ मंगलवार ०६:५१
1.05K
shares