एलिना चौहानले गाएको ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप, पर्यो उजुरी

1.2K shares

काठमाडौं। गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ। आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ ।

‘म विश्वराज कार्कीले २०७८।०१।१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिएँ । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, उजुरीमा अगाडि भनिएको छ ‘उक्त गीत हुबहु कपि गरेर भिडियो सहित सार्वजनिक गरिएको छ ।’ गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन् ।

उजुरीको विषयमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आज दुवै पक्षलाई छलफलमा बोलाएको बुझिएको छ ।

1.2K shares