रेखा थापाको फिल्म ‘बायकट’ गर्न नवल खड्काको आग्रह

6.68K shares

काठमाडौँ । कलाकार तथा निर्देशक नबल खड्काको नयाँ फिल्म काँडेतारको आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा खड्का उग्र देखिए । उनले उग्र भाषण गर्दै केहि फिल्मलाई बायकट गर्न समेत आग्रह गरे ।

उनको फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । सोहि मितिमा रेखा थापाको उपहार र दयाहाङ स्टारर रंगेली पनि रिलिज हुँदैछ । खड्काले आफ्नो फिल्मसँग अन्य फिल्म रिलिज गरेकोमा आपत्ती समेत जनाए । आफ्नो फिल्म विशेष भएको कारण अरुले फिल्म जुधाउन नहुने उनको तर्क रहेको छ ।

उनि त्यत्तिकैमा रोकिएनन् उनले अन्य मेकरहरुलाई अदृश्य शक्तिबाट संचालित भएको समेत भन्न भ्याए । आफ्नो बाहेक अरुको फिल्म बायकट गर्न समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा उनले अभिनेत्री रेखा थापाप्रति पनि घुमाउरो तरिकाले संगीन आरोप लगाए । नेपाललाई घर नमानेर डेरा सम्झीने नायिकाको रुपमा उनले इशारा गरे । त्यस्ता मेकरको फिल्म बायकट गर्न सार्वजनिक आह्वान पनि गरे । रेखा सन्तान जन्माउनको लागि अमेरिका गएपछि उनको सार्वजनिक रुपमा आलोचना भएको थियो । उनको फिल्म उपहार फागुन २५ मा रिलिज हुँदैछ ।

कार्यक्रममा खड्का एकदमै आक्रोशित देखिएका थिए । उनले फिल्मको बारेमा भन्दा पनि अन्य मेकरहरुलाई आरोप लगाउँदै बसे । राष्ट्रियतामाथि फिल्म बनाउँदा ज्यानको खतरा रहेको समेत उनले बताए ।

6.68K shares