एमालेको उद्योग विभागमा दोलखाका डिल्ली बराइली मनोनीत

2.6K shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य तथा आपूती विभागमा दोलखाका डिल्लीध्वज बराइली मनोनीत भएका छन् । बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले बराइलीलाई मनोनीत गरेको हो ।

राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय उनि नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रिय स्थायी कमिटी सदस्य पनि हुन् । लामो समय दलित आन्दोलनका अग्र मोर्चामा रहेर उनले काम गरेका थिए । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनिसँग लामो अनुभव रहेको छ ।

दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका उनि भुगोलको पार्टी निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन् । पदिय जिम्मेवारी हुँदा वा नहुँदा पनि उनि जनताको काममा खटिइरहेका हुन्छन् ।

बराइली सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनकै सक्रियतामा देशका विभिन्न ठाउँहरुमा नि शुल्क स्वास्थ्य सामग्रीहरु पनि वितरण गरिएको छ । विशेष गरि शिक्षा र स्वास्थ्यमा कसैलाई अप्ठेरो परेको बेला तुरुन्तै पुगिहाल्छन् उनि ।

भक्तपुरमा रहेर व्यवसाय सञ्चालन गरिरहेका उनको सामाजिक र राजनीतिक कार्य गरेर जनताको सेवा गर्ने लक्ष्य रहेको छ ।

 

 

2.6K shares