कृष्ण कँडेलले हाले शर्मिला श्रेष्ठलगायतलाई अदालतमा मुद्दा

2.16K shares

काठमाडौँ । चर्चित कार्यक्रम इन्द्रेणिका कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठलगायतको विवाद अदालत पुगेको छ । केहि दिनयता एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रीयका कृष्ण कँडेल र कलाकारबिचको विवाद अब भने अदालतले टुंग्याउने भएको छ ।

कँडेलले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । उनले आजै पत्रकार सम्मेलन गरेर कानुनी प्रक्रीयामा जाने बताएका थिए । कँडेलले शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र वि.क., लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन् ।

2.16K shares