मन्त्री ज्वालालाई बर्खास्त गर्न अनेरास्ववियुको माग
वि.सं.२०८० फागुन ५ शनिवार ०६:२१
882
shares
काठमाडौँ । गत पुष १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा दोषि देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न अनेरास्ववियुले माग गरेको छ । संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
बलकुमारी घटनाको सत्य तथ्य छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले ज्वालाको कमजोरीका कारण उक्त घटना घटेको प्रतिवेदन तयार पारेको छ । अनेरास्ववियुले उक्त घटनाको दोषि देखिएका ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । साथै दोषि उपर कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत संगठनले दिएको छ ।
बालकुमारी घटनामा वीरेन्द्र शाह र सुजन राउतको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
वि.सं.२०८० फागुन ५ शनिवार ०६:२१
882
shares