सुनको मूल्य बढ्यो, तोलाको कति ?

1.23K shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै बजारमा चाँदीको मूल्य पनि तोलामा २० रुपैँयाले बढेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैँयामा कारोबार भइरहेको छ ।

1.23K shares