‘घर ज्वाईं’ को छायांकनमा दयाहाङ र मिरूना

924 shares

काठमाडौँ । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको चलचित्र घर ज्वाईँको छायांकन सुरु भएको छ । शनिबार पूर्वी रुकुमबाट फिल्मको छायांकन सुरु भएको हो ।

मगर संस्कृतिमा आधारित हुने फिल्मको कथा निर्देशक मगरले नै लेखेका हुन् । फिल्मको छायांकन रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा हुने जनाइएको छ ।

फिल्ममा दयाहाङ राई, मिरूना मगर, बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु), सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायत कलाकारको अभिनय रहनेछ। फिल्म असार २८ गतेदेखि प्रदर्शन हुनेछ।

924 shares