‘खजुरे ब्रो’ को फर्स्टलुक सार्वजनिक, वैशाख २८ मा रिलिज हुने
वि.सं.२०८० फागुन १२ शनिवार ०६:२९
काठमाडौँ । सुरज सुनुवारको चलचित्र खजुरे ब्रो को प्रदर्शन मिति सार्वजनिक भएको छ । शनिबार निर्माण टिमले पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो ।
फिल्म आगामी वर्षको वैशाख २८ गतेबाट प्रदर्शन हुनेछ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड रहेका छन् ।
पारिवारिक कमेडि जनरामा निर्माण भएको फिल्मको अधिकांश छायांकन धरानमा गरिएको छ । फिल्मको लेखन तथा निर्देशन सुनुवारकै रहेको छ ।
फिल्मको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले रहेका छन् । फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी रहेको छ।
फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ । मोडल नीति शाहले यहि फिल्मबाट डेब्यु गर्दैछिन् । फिल्ममा धरानका मेयर हर्क साम्पाङको पनि विशेष भूमिका रहने जनाइएको छ ।
वि.सं.२०८० फागुन १२ शनिवार ०६:२९