सत्ता समिकरण फेरिएपछि सेयर बजारमा सर्किट ब्रेक

770 shares

काठमाडौँ । सत्ता गठबन्धनमा आएको हलचलको प्रभाव पूँजीबजारमा पनि देखिएको छ । शेयर बजारमा सकरात्मक सर्किट ब्रेक लागेको हो ।

बजार खुलेपछि नेप्से परिसूचक ४ प्रतिशत अर्थात ७९ अंकले बढेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशतले बढेको हो ।

सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।

770 shares