प्रदीप शाहीको फिल्ममा प्रदीप खड्का अनुबन्धित

448 shares

काठमाडौँ । निर्देशक प्रदीप शाही नयाँ फिल्मको निर्माणमा जुटेका छन् । शाहीको गत असारमा अन्तिम संस्कार प्रदर्शनमा आएको थियो ।

बेलायतमा बस्दै आएका शाहीको नयाँ फिल्ममा अभिनेता प्रदीप खड्का अनुबन्धित भएका छन् । टाइटल फाइनल नभएको फिल्मलाई साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण गरिने जनाइएको छ ।

निर्देशक शाहीकै कथा रहेको फिल्म साई–फाई जनरामा निर्माण हुने जनाइएको छ । फिल्मका बाँकि कलाकारको टुंगो चाँडै नै लगाउने जनाइएको छ ।

448 shares