एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

910 shares

काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ । आइतबार राति मोसन स्टेडियममा भएको खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअरलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

यस्ते पीएसजीका लागि भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १– १ गोल गरे। मोन्टपेलिअरका लागि अर्नाउड नोर्डिन र तेजी टेडीले गोल गरेका थिए ।

जितसँगै पीएसजीले २७ खेलबाट ५९ अंक बनाएको छ। दोस्रो स्थानको ब्रेष्टको ४७ अंक छ । पराजित मोन्टपेलिअर भने २६ अंकसहित १४औँ स्थानमा छ।

910 shares