‘शैतान’को कमाई सय करोडमाथि

1.5K shares

काठमाडौँ । बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म शैतानको कमाई सय करोड पार भएको छ । फिल्मले आइतबारसम्ममा सय करोड क्लबको आँकडा पार गरेको हो ।

सुरुवाती व्यापार राम्रो गरेको फिल्मको कलेक्सन थोरै खस्किएको थियो । तर, बिस्तारै फिल्मको व्यापार बडिरहेको छ ।

पहिलो हप्ता राम्रो कलेक्सन गरेको फिल्मले दोश्रो हप्ताको शुक्रबार ५.१२ करोड र शनिबार ९.१२ करोड र आइतबार १०.१७ करोड कलेक्सन गरेको छ । फिल्मले अहिलेसम्म १०६.१ करोड भारुको कलेक्सन गरेको छ ।

विकाश वेह्लको निर्देशनमा बनेको फिल्ममा शैतानी शक्ति (काला जादु) को कथा देखाइएको छ । फिल्ममा अजयको साथमा आर माधवन, ज्यातिका लगायतका कलाकारको अभिनय रहेको छ ।

1.5K shares