प्रदीप र बेनिशाको नयाँ फिल्मको नाम ‘एक्लो’

1.09K shares

काठमाडौँ । निर्देशक प्रदीप शाहीको नयाँ फिल्मको नाम ‘एक्लो’ हुने भएको छ । फिल्मका कलाकार फाइनल गरिसकेपछि फिल्मको नाम जुराइएको हो ।

फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल एकसाथ देखिने भएका छन् । उनिहरुले पहिलोपटक जोडीका रुपमा काम गर्दैछन् ।

यसअगाडि ‘अन्तिम संस्कार’ निर्देशन गरेका शाहीको यो फिल्म जोम्बी थ्रीलर जनरामा निर्माण हुने भएको हो । फिल्मलाई साई प्रोडक्शन नेपालको ब्यानरमा र ह्रयाम्साएर एकाउन्टेनको सहकार्यमा निर्माण गरिने जनाइएको छ ।

1.09K shares