सुदर्शनको ‘रावायन’मा पल र पुजा

987 shares

काठमाडौँ । मोडल तथा कलाकार पल शाह र पूजा शर्मा फेरि एकसाथ काम गर्ने भएका छन् । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म रावायनमा उनिहरु एकसाथ देखिन लागेका हुन् ।

फागु पुर्णिमाको अवसर पारेर थापाले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । यसअगाडि अनमोल केसी र नीति शाहलाई लिएर फिल्म निर्माणको तयारी गरेका थापाले विभिन्न विवादको घेरामा परेर त्यतिबेला फ्लोरमा जान सकेका थिएनन् । अब भने नयाँ कलाकारहरुको साथमा चैतको दोश्रो हप्ताबाट फिल्मको छायांकन हुने भएको छ।

फिल्मलाई सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त प्रस्तुतीमा निर्माण गरिने भएको छ । फिल्ममा पल र पूजाको साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल लगायतका कलाकारको अभिनय रहने छ ।

शिवम अधिकारीको लेखन रहेको फिल्म आगामी वर्षको भदौ २१ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

987 shares