आयरल्यान्डले दियो नेपाललाई १२२ रनको लक्ष्य
वि.सं.२०८० चैत १२ सोमवार ०९:०७
665
shares
काठमाडौँ । किर्तिपुरमा जारी पहिलो टी–२० खेलमा आयरल्यान्ड ए ले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड २० ओभर पूरा खेल्दा अलआउट हुन पुग्यो ।
आयरल्यान्डका लागि स्टेफिन डोहिनीले ४६ रन जोडे । उनि बाहेकका ६ जना ब्याटरले दुई अंकको रन जोड्न सकेनन् ।
बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २–२ विकेट लिन सफल भए। करण केसी र कुशल मल्लले १–१ विकेट लिन सफल भए।
नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो।
वि.सं.२०८० चैत १२ सोमवार ०९:०७
665
shares