दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
वि.सं.२०८० चैत १२ सोमवार १३:५०
966
shares
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँको मेडिकल कलेजलाई मेडिकल शिक्षा अध्यापनको अनुमति प्रदान गर्न आदेश दिएको छ । झापामा रहेको बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनको विषयलाई लिएर लामो समयदेखि चर्चा भइरहेको थियो ।
अदालतको यो आदेशसँगै अब सो कलेजमा एमबिबिएस अध्यापन गराउनका लागि बाटो खुलेको छ । आज न्यायधीश डा. कुमार चुडाल र शारङ्गा सुवेदीको इजलाशले यस मुद्दाको फैसला सुनाएको हो ।
प्रसाईँको कलेजले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति पाए पनि त्यसपछाडि सरकारले अनुमति दिएको थिएन । सो विषयलाई लिएर प्रसाईले मुद्दा दायर गरेका थिए। प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौँ विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।
वि.सं.२०८० चैत १२ सोमवार १३:५०
966
shares