शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा

441 shares

काठमाडौँ । कथित सामाजित अभियान्ता शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा भएकी छन् । हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनी धरौटीमा रिहा भएकी हुन् ।

उनि कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार रिहा भएकी हुन ।

खतिवडाको पारिवारिक मामलामा हस्तक्षेप गर्दै उनलाई कुटपिट गरेपछि परेको उजुरीको आधारमा प्रहरीले फागुन १६ गते सिन्धुपाल्चोकको बाह्रविसेबाट वाइबालाई पक्राउ गरेको थियो ।

441 shares