युवतीलाई ब्ल्याकमेल गरेपछि एमाले निकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ
वि.सं.२०८० चैत १४ बुधवार १०:४१
1.3K
shares
काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ परेकी छन् । युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी वृत महाराजगञ्जमा रश्मिला कुमारी धामीले ब्ल्याकमेल गरेको जाहेरी दिएपछि प्रहरीले बमलाई पक्राउ गरेको हो । बमले धामीको मोबाइलमा भएको गोप्य कुराहरु चोरेर ५ लाख रुपैँया मागेर ब्ल्याकमेल गरेको जाहेरीमा जनाइएको छ ।
बम हाल अनेरास्ववियुकी स्थायी कमिटी सदस्य हुन् । यसअगाडि पनि उनि माथि विभिन्न आरोपहरु लाग्दै आएपनि प्रहरीमा उजुरी परेको थिएन ।
वि.सं.२०८० चैत १४ बुधवार १०:४१
1.3K
shares