प्रदीप, अनमोल र पूजाको महाभिडन्त

644 shares

काठमाडौँ । आगामी जेठ १० गते तीन फिल्मको भिडन्त हुने भएको छ । पूजार सार्की, दान्भी र फर्की फर्की एकआपसमा जुध्ने भएका छन् । तीन ठुला आशा गरिएका फिल्म इगोका लडाँइका कारण एक आपसमा भिड्न लागेको देखिएको छ ।

फिल्महरु भिड्ने कुरा नौला होइन, तर जानि जानि भिड्दा खेरी कसैलाई पनि फाइदा पुग्ने देखिदैन । यस अगाडि पनि आश गरिएका फिल्महरु भिड्दा खासै सुखद् नतिजा देखिएको छैन । यो खालको भिडन्तले मेकरहरुलाई ठुलै घाटा पनि हुने गरेको छ ।

सुयोग गुरुङको निर्देशन रहेको फर्की फर्कीले फ्लोरमा जाने बेला नै जेठ ११ को मितिमा प्रदर्शनमा आउने जनाएको थियो । त्यसपछि पूजा शर्माको दान्भीपनि सोहि मितिमा रिलिज हुने भयो । यी दुई फिल्म बिदाको मौका छोप्दै जेठ १० गते नै रिलिज हुने भएको छ । त्यसको एकदिन पछाडि ११ गते दिनेश राउतको पूजार सार्की पनि प्रदर्शन हुने भएको छ । निर्माण टिमले सोहि मितिमा फिल्म प्रदर्शन गर्ने आधिकारीक घोषणा गर्ने तयारी गरेको छ ।

फिल्महरु एक आपसमा भिड्नुमा मेकर, कलाकार र प्रदर्शकबिचको इगोको लडाँइ रहेको अनुमान गरिएको छ । पूजाको निर्माण कम्पनीले अनमोललाई लिएर रावायन निर्माणको घोषणा गरेको थियो । तर, अनमोलसँगको विवाद प्रहरीसम्म पुगेको थियो । सोहि कारण हुनसक्छ पूजाको दान्भीले पनि फर्की फर्की प्रदर्शन हुने मितिमै भिड्ने घोषणा गर्यो ।

यस्तैमा, प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह मुख्य भुमिकामा रहेको पूजार सार्कीले पनि सोहि मिति ताकेको छ । फर्की फर्की का मेकर र पूजार सार्कीका मेकरबिचको इगोको लडाँइ यहाँ देखिएको बुझिएको छ । यस्तै, यो भिडन्त हुनुमा यी फिल्मका वितरकबिचको इगोको लडाँइ पनि रहेको जनाइएको छ ।

गुरुङको निर्देशन रहेको फर्की फर्कीमा अनमोल र जसिता गुरुङको प्रमुख भुमिका रहेको छ । रुपेश तामाङको निर्देशन रहेको दान्भीमा पूजा र कुन्साङ बम्जनको मुख्य भुमिका रहेको छ । पूजार सार्कीमा भने प्रदीप, पल, आर्यन, परिक्षा लिम्बु, अन्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो भिडन्त एकदमै रोचक बन्ने देखिन्छ ।

644 shares