एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

336 shares

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । पार्टीको १० औँ जिल्ला अधिवेशनको निर्वाचनबाट श्रेष्ठ कमल नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी, चिवमा कृष्णगोपाल तामाङ र उपसचिवमा शिवहरि सापकोटा र सुशीला पाख्रिन निर्वाचित भएका हुन् । अधिवेशनले १ सय १ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

336 shares