चलचित्रकर्मीहरु अरुको फिल्म फ्लप हुँदा पार्टी गर्छन, हिट हुँदा दुखी हुन्छन् : शोभित बस्नेत

371 shares

काठमाडौँ । नेपालका फिल्म मेकरहरुमा सहयोगको भावना नभएको निर्देशक शोभित बस्नेतले आरोप लगाएका छन् । बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चलचित्रकर्मीहरु सहयोगको भावना नभएको बताएका हुन् ।

एउटा फिल्मको मेकरले अर्को फिल्मको मेकरलाई सहयोग नगर्ने उनको दाबी छ । फिल्मकर्मीमा यो रोग नयाँ नभएर पुरानै भएको उनले बताए । पहिला पहिला निर्देशक तुलसी घिमिरे, शम्भु प्रधान लगायतका मेकरहरुमा पनि यो खालको समस्या रहेको थियो । अहिले यो समस्या बढेर सबै मेकरहरुमा हाबि भएको उनले बताए ।

उनले चलचित्रकमीहरु अरुको फिल्म फ्लप हुँदा पार्टी गर्ने गरेको आरोप लगाए । नयाँ फिल्म रिलिज हुँदा हलवालालाई फोन गरेर फिल्मको स्थिति कस्तो रहेको सोध्ने र फ्लप भए पार्टी गर्ने, हिट भए दुखी हुने परिपाटी चलचित्रकर्मीमा रहेको बस्नेतले बताए ।

371 shares