‘बलिदान’ मा ऋचा शर्माको इन्ट्री

वि.सं.२०८० चैत २२ बिहीवार ०९:१२
840
shares

काठमाडौँ । सन्तोष सेनको बलिदानमा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन् । उनले फिल्ममा निर्माता तथा निर्देशक सेनसँग कागजी सम्झौता समेत गरिसकेकी छन् ।
फिल्ममा यसअगाडि बिराज भट्टका छोरा समिर भट्ट अनुबन्धित भइसकेका छन् । उनले यहि फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।
सेनले फिल्मको टिजर केहि समयअगाडि नै सार्वजनिक गरेका थिए । फिल्म एक्सन जनरामा निर्माण हुने जनाइएको छ । फिल्ममा नायकको कथा देखाइने छ । फिल्मका लागि अभिनेत्री फाइनल भइसकेको छैन ।
फिल्मलाई आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति निर्माण गरिने भएको छ ।

वि.सं.२०८० चैत २२ बिहीवार ०९:१२
840
shares