महेश बस्नेत विरुद्ध बलात्कार आरोपमा जाहेरी

1.32K shares

काठमाडौ । एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।

बस्नेतविरुद्ध फौजदारी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएको छ।

प्रहरीका अनुसार एमालेमै आवद्द एक युवतीले उनीविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँका चोरी आरोपमा जाहेरी दिएकी हुन्।

पीडित युवतीले बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको र २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप लगाएकी छन्।

1.32K shares