‘सारंग’को छायांकन सुरु

560 shares

काठमाडौँ । प्रशान्त तामाङको निर्देशनमा बन्न लागेको चलचित्र ‘सारंग’को छायांकन सुरु भएको छ । आइतबारबाट फिल्मको छायांकन सुरु भएको हो ।

बाल मनोविज्ञानमा आधारीत रहेर निर्माण हुने फिल्ममा ऋचा शर्मा मुख्य भूमिकामा छिन् । एक महिनाको छायांकन सेड्युल रहेको फिल्म दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुँदैछ ।

यसअघि निर्देशक प्रशान्तले बाल मनोविज्ञानमा आधारित फिल्म ‘ठूलो मान्छे’ निर्देशन गरेका थिए । फिल्ममा उत्पल झा, समिरमणि दीक्षित, सुरज तमु, मणी के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी लगायतका कलाकारको अभिनय रहनेछ । यस्तै, बाल–कलाकारहरु सम्राट थापा र आदित्य कार्कीको मुख्य भूमिका रहने जनाइएको छ । र

560 shares