पूजा हेगडेले मुम्बईमा किनिन् ४५ करोडको घर

455 shares

काठमाडौँ । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री पूजा हेगडेले ४५ करोड भारुको घर किनेकी छिन् । उनले मुम्बईको बान्द्रामा समुद्रतिर मोहडा फर्किएको घर किनेकी हुन् ।

हाल उनि बान्द्रामै थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी छिन् । घर किनिसकेकाले केहि समयमै उनि त्यसमा सर्ने भारतीय संचारमाध्यमले जनाएका छन् । हाल उनिसँग भएको फ्ल्याको मूल्य ६ देखि ८ करोड भारु रहेको जनाइएको छ । फ्ल्याट बाहेक पूजासँग २ करोड भारु बराबरको पोर्श केयेन जस्तो लक्जरी कार पनि रहेको छ । यस बाहेक उनिसँग ८० लाख भारुको आउडी क्यू७ र ६० लाख भारुको ज्यागुआर छ ।

उनको पछिल्लो फिल्म ‘किसीका भाइ किसीका जान’ बक्स अफिसमा फ्लप भएको थियो । अब उनि साहिद कपुरसँग ‘देवा’मा देखिदै छिन् ।

 

455 shares