हङकङलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

वि.सं.२०८१ वैशाख ३ सोमवार ०९:४८
812
shares

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले हङ्कङलाई पराजित गरेको छ । सोमबार भएको खेलमा हङ्कङलाई पराजित गर्दै नेपालले लगातार तेस्रो जित हासिल गरेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा १ सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो । यसअगाडिको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले र कतारलार्य ३२ रनले पराजित गरेको थियो । यो जितसँगै नेपाल ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।

वि.सं.२०८१ वैशाख ३ सोमवार ०९:४८
812
shares